१३ बैशाख २०८१, बिहीबार

पेट्रोलियम पदार्थ मुल्य वृद्धिमा आयल निगमलाई काँग्रेस वी.पी.ले दियो कडा चेतावनी



 

काठमाडौ । पटक-पटक नेपाल आयल निगमले मुल्य वृद्धि गरेको भन्दै काँग्रेस (वी.पी.) ले कडा चेतावनी दिएको छ ।

पेट्रोलियम पदार्थ मुल्य वृद्धिको बिरोधमा आज नेपाल आयल निगमको केन्द्रिय कार्यालय बबरमहलमा घेराउ गर्दै नेपाली काँग्रेस (वी.पी.) ले पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता नभए भोलि देखि कर्मचारीलाई कार्यालय निषेध गर्ने जनाएको छ ।

नेपाल आयल निगमले नोक्सान भएको भन्दै आइतबार मध्यरातिबाट लागु हुने गरि पेट्रोल र डिजेलमा २:२ रुपैयाँ वृद्धि गरेको थियो । वृद्धि गरिएको मुल्य वृद्धि सोमबार मध्यरात देखि फिर्ता नभए मङ्गलबार देखि सरकारि गाडि र नेपाल आयल निगमका गाडी तोडफोड तथा कर्मचारी, मन्त्रीलाई कालो मुसो एवं कालो झण्ड देखाउने र निगमका कर्मचारिलाई कार्यालय प्रवेश निशेध गर्ने चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !