५ जेष्ठ २०८१, शनिबार

बढ्यो कोरोना संक्रमणको दर पछिल्लो २४ घण्टामा थप २६६ जनामा संक्रमण,उपत्यकामा मात्रै १३७ जना



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा १०२ जना संक्रमित डिस्चार्ज भएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लापछि सबैभन्दा धेरै कास्कीमा २४ जना संक्रमित भेटिएका थिए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !