२ जेष्ठ २०८१, बुधबार

उपत्यका प्रवेशमा कडाईः प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण अनिर्वाय



 

काठमाडौं । उपत्यका प्रवेशमा कडाई गरिएको छ । अब अनिवार्य एन्टीजेन परीक्षण गरेर मात्र प्रवेश गुर्न पर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौं प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्ने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकले नाकामा एन्टीजेन परीक्षण गर्नका लागि एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिएर शंकास्पद लागेमा पीसीआर टेस्टका लागि स्वाब संकलन गरी पठाउनसमेत समितिले निर्देशन दिएको छ । बैठकले नगरपालिकाहरुमा सञ्‍चालित आइसोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ-आफ्नो नगरपालिका भित्र एक-एक वटा आइशोलेसनरक्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको पराजुलीले जानकारी दिए ।

त्यस्तै कोरोना फैलना नदिन जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, बिद्यालयमा माक्स र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने निर्णय पनि समितिले गरेको छ । त्यस्तै सार्वजनिक कार्यक्रम पनि सम्न्धीत निकायको अनुमतिबेगर गर्न नपाइने निर्णय समितिले गरेको छ । समितिले मास्क बितरण गर्ने, साार्वजनिक यातायातमा अनुगमन गर्ने र माक्स लगाउन अभिप्रेरित गर्ने लगाएतका कार्यलाई तीव्रताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !