५ मंसिर २०८१, बुधबार

आज एक अंकले बढ्यो नेप्से



 

काठमाडौं । आज (सोमबार) सेयर बजार मापन गर्ने नेप्से परिसूचक १.१३ अंकले बढेको छ । ० दशमलव ०४ प्रतिशतले बढेर नेप्से २६५८.७४ बिन्दुमा पुगेको हो । सामान्य वृद्धि भए पनि नेप्से अहिलेसम्‍मकै उच्‍चतम् बिन्दुमा पुगेको हो ।

सुरुवाती कारोबारमा नेप्से २६८० बिन्दुको उचाइमा पुगेको थियो । तर, पछि क्रमशः ओरालो लाग्यो । ओरालो लाग्‍ने क्रममा नेप्से २६४० बिन्दुसम्म पुगेको थियो । १२ बजेपछि बजार इन्डेक्स फेरि बढ्न थाल्यो । केही समयको वृद्धिपछि प्राय नेप्से स्थिर बिन्दुमा कायम रह्यो ।

नेप्सेमा सूचीकृत समूहमध्ये बैंकिङसँगै ६ समूहका कम्पनीहरूको सेयर मूल्य घटेपछि नेप्से वृद्धि हुन सकेन ।

बैंकिङ समूहमा ११ दशमलव ७९ अंकले घटेको छ । एनआइसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । ९६ रुपैयाँले बढेको यो लघुवित्तको सेयर मूल्य प्रति कित्ता एक हजार ५७ रुपैयाँ रुपैयाँ छ ।

राधी जलविद्युतको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर ४८५ रुपैयाँ पुगेको छ । वोमी लघुवित्त र सानिमा जनरल इनस्योरेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी अंकले बढेको छ ।

अपर तामाकोशीको सेयर मूल्य ३४ करोड ७५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । आइएमइ जनरल इन्स्योरेन्सको सेयर मूल्य ३१ करोड ३४ लाख रुपैयाँ कारोबार पुगेको छ ।

कुल सेयर कारोबार ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ छ । ७३ हजार ५९८ पटकको कारोबारमा एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !