५ पुष २०८१, शुक्रबार

एमालेमा लागेर मन्त्री बनेको आङ्बुहाङको सांसद पद खोसियो



 

मोरङ । नेकपा माओवादी केन्द्रका सांसद टङ्क आङ्बुहाङलाई पार्टीले कारबाही गरेको छ ।

पार्टी परित्याग गर्दै प्रदेश मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो ।

गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेकोमा उनले स्पष्टीकरण बुझाएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस !