२ जेष्ठ २०८१, बुधबार

घट्यो आज सुन चाँदीको मूल्य



 

काठमाडौं । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सुनको मूल्यमा २०० रूपैयाँको गिरावट आएको हो ।

आज छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज ५ रूपैयाँले घटेर १२३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !