७ बैशाख २०८१, शुक्रबार

राना थारु समुदायले खखडेहरा पर्व मनाउँदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा



 

काठमाडौं । आज सुदूरपश्चिम प्रदेशमा खखडेहरा पर्व धुमधामका साथ मनाइँदैछ ।

विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गर्छन् ।

राना थारू समुदायले सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् । एक महिनासम्म मनाइने होरी पर्वको समापनका दिन खखडेहरा मनाउने चलन छ ।

खखडेहरा पर्व मनाउनका लागि सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको महत्त्वपूर्ण पर्व खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !