२ जेष्ठ २०८१, बुधबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



 

काठमाडौं । नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २-२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० रुपैयाँ र डिजेल मटितेलको १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।



प्रतिक्रिया दिनुहोस !