१६ चैत्र २०८०, शुक्रबार

राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारी पक्राउ



 

काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारीलाई आज प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी रहेको जनाएको छ ।

‘उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको रहेछ’ परिसरका एक अधिकारीले भने, ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।’

सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दावी छ ।

यस्तै सुष्माले  सृजना फाइन्‍नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !