२ जेष्ठ २०८१, बुधबार

बलिउड अभिनेता गोविन्दालाई पनि कोरोना संक्रमण



 

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाको संक्रमण दर तीब्र गतिमा बढे संगै बलिउड अभिनेता गोविन्दालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको गोविन्दालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको गोविन्दाले बताएका छन्। संक्रमणपछि आफू क्वारेन्टिनमा रहेको उनले जानकारी गराएका छन्।

उनको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना नदेखिएको बताइएको छ। गोविन्दाकी श्रीमती सुनितालाई केही हप्ताअघि कोरोना संक्रमण भएको थियो। हाल उनी संक्रमणमुक्त भइसकेकी छन्।

 



प्रतिक्रिया दिनुहोस !