७ जेष्ठ २०८१, सोमबार

सर्वाधिक कारोबार गरेको नेप्सेमा निफ्रा साढे २ अंकले घट्यो



काठमाडौं । कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सेन्च (नेप्से)मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।

नेप्सेमा अन्तिम समयसम्म आउँदा ९ अर्ब बढीको कारोबार भएको थियो । उक्त कारोबार रकम मध्ये निफ्राले ४७ करोड ५६ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ । नेप्सेमा सर्वाधिक कारोबार गरेको बैंकको शेयरमुल्य २.३५ अंकले घटेको हो । आज बैंंकको शेयर कारोबार ५९५ रुपैंयाबाट सुरु भएको थियो । जुन शेयरमुल्य १४ अंकले घटेर ५८१ रुपैंयामा पुगि आजलाई कारोबार बन्द भएको छ ।

यस्तै, निफ्रामा कारोबारको अन्तिम समयसम्म ८ लाख १४ हजार ७९५ कित्ता शेयर कारोबार भएको हो । आज नेप्सेमा परिसुचक परिसुचक २५.७१ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस !