५ जेष्ठ २०८१, शनिबार

कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, के भयो छलफल ?



 

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।

अध्यक्ष ठाकुरलाई भेट्न नेता पौडेल उनकै निवास सानोठीमी पुगेका हुन् । भेटघाट पारिवारिक भएको तर राजनीतिक विषयमा समेत सकारात्मक कुरा भएको नेता पौडेलले जानकारी दिए ।

उनले भने,‘पारिवारिक भेटका लागि गएको हुँ। अन्य विषयमा समेत सकारात्मक कुरा भएको छ ।’

भेटघाटका बारेमा थप नखुलाएका पौडेलले सरकार गठनका लागि पहल गर्न आग्रह गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !