२ जेष्ठ २०८१, बुधबार

साताको पहिलो दिन आज, नेपाली पूँजीबजार कीर्तिमानी उचाईमा



 

काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली पूँजीबजारले कीर्तिमानी उचाई कायम गरेको छ ।

यो समाचार तयार पार्दासम्ममा नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशत अर्थात् २० दशमलव ९४ अंक बढेर २ हजार ६५२ दशमलव ८३ विन्दुमा पुगेको छ ।

उक्त अवधिसम्मा व्यापार, होटल्स तथा टुरिजम, उत्पादन, म्युचुअल फण्ड र लगानी बाहेक अन्य समूहको सूचकहरु वृद्धि भएका छन् । उक्त अवधिसम्म २१० ओटा कम्पनीको रू। ७ अर्ब ३७ करोड ६० लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

यसअघि गत फागुन ९ गते २ हजार ६४० को विन्दुमा पुगेर नेप्सेले कीर्तिमानी उचाई छोएको थियो ।



प्रतिक्रिया दिनुहोस !