११ बैशाख २०८१, मंगलवार

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण



काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । उनले सोसल मिडिया मार्फत् आफुलाई संक्रमण भएको जनाएका छन् ।

उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘म सबैलाई भन्न चाहन्छु कि, आज बिहान मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । सबै प्रोटोकललाई ध्यानमा राख्दै मैले आफूलाई आइसोलेट गरेको छु, म होम क्वारेन्टाइनमा छु र मेडिकलको सहयोग लिइरहेको छु, मेरो सम्पर्कमा आउनुभएकाहरुले चाँडै आफ्नो टेस्ट गराउनु होला, छिटै एक्शनमा फर्किनेछु ।’

भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै नायक रणवीर कपुर, आमिर खान, नायिका आलिया भट्ट लगायतका कलाकारलाई कोरोना पोजिटिभ देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !