४ जेष्ठ २०८१, शुक्रबार

आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित



 

काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डाकिएको बैठक केही नेताहरू उपत्यका बाहिर रहेको कारण देखाउँदै स्थगित गरिएको हो ।

अर्को बैठकको मिति तय भइ नसकेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन् । अबको स्थायी कमिटी ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी रहेको साहले जानकारी दिए ।

साहले भने, ‘ समर्थन फिर्तासँगै अविश्वासको प्रस्तावलाई पनि कसरी मुभ गराउने भन्ने प्राविधिक पक्षबारे छलफल गर्छौँ, यसबारे कांग्रेस र जसपासँग भएको अनौपचारिक समझदारीबारे अध्यक्ष प्रचण्डले जानकारी गराउँनु हुनेछ’ ।

कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि माओवादी केन्द्र समर्थन फिर्ताको तयारीमा पुगेको हो ।

केन्द्रका अध्यक्ष दाहालले शनिबार नै कपिलवस्तुमा आयोजित एक कार्यक्रमा राजनीतिले ‘कोल्टे फेरेको’ र केही दिनभित्रै नयाँ सरकार बनाउने अभिव्यक्ति दिएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !