६ बैशाख २०८१, बिहीबार

आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ



 

काठमाडौं । आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा कास्कीबाट एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–३ घोसापानी घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी गीतमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !