४ जेष्ठ २०८१, शुक्रबार

अब देशमा छिट्टै नयाँ सरकार गठन हुन्छ: प्रचण्ड



 

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् ।

कपिलवस्तुमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुने र नयाँ सरकार आउने दाबी गरेका छन्।

प्रचण्डले भने, ‘अब देशले छिट्टै नयाँ सरकार पाउँछ । केही दिनमै राजनीतिले कोल्टे फेर्नेछ ।’

अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको दाबी गरे । माओवादी जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको भन्दै सम्पूर्ण मधेसी समुदायलाई धन्यवाद समेत दिएका छन् ।

उनले नयाँ सरकार गठन हुनेबित्तिकै आफूले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने प्रतिबद्धता समेत जनाए ।

 

 



प्रतिक्रिया दिनुहोस !