१० मंसिर २०८१, सोमबार

प्रचण्ड आज किन पुगे लुम्बिनी ?



 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज लुम्बिनी पुगेका छन्। ‘फ्रेस’ हुन भन्दै दाहाल लुम्बिनी पुगे हुन् ।

लुम्बिनीमा उनले मायादेवी मन्दिरको अवलोकन गरेको तस्वीर उनको निजी सचिवालयले सार्वजनिक गर्दै प्रचण्डले मायादेवी मन्दिर परिसरका भौतिक संरचना र पुरातात्विक स्थल अवलोकन गरेको जनाएको छ ।

‘फ्रेस’ हुन भन्दै पछिल्लो समय विभिन्न ठाउँमा घुम्न निस्कने गरेका प्रचण्ड केहि दिन अघिमात्रै सिन्धुलीस्थित माओवादी केन्द्रकै नेता हरिबोल गजुरेलको निवासमा बसेका थिए ।



प्रतिक्रिया दिनुहोस !