५ जेष्ठ २०८१, शनिबार

आज एकैपटक प्रधानमन्त्रीद्वारा १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ



 

काठमाडौं । आज एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्विच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गरेका छन्।

दुई हजार दुई सय १० किलोमिटर सडक दुई लेनको र कालोपत्रे हुनेछ । यी सबै सडक तीन आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको सडक विभागले जनाएको छ ।

अहिले शुभारम्भ भएका १६५ वटा सडकमध्ये कतिपयको विस्तृत आयोजना प्रतिवेदन एवम् अन्य आवश्यक वातावरण अध्ययन भइसकेका छन् भने कतिपय अझै हुन सकेका छैनन् ।

यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउन ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

 



प्रतिक्रिया दिनुहोस !