१ जेष्ठ २०८१, मंगलवार

आज १२.८८ अंकले बढ्यो नेप्से



 

काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार आज शेयर बजार (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।

बिहीबार परिसूचक ०.४९ प्रतिशत अर्थात १२.८८ अंकले उकालो लाग्दै २६३१.८९ को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ ।

आज नेप्से परिसूचक २६१९.०१ को बिन्दुबाट सुरु भएको थियो । अन्तिम समयसम्म १३ उपसमूहमध्ये ४ उपसमूह ओरालो लागेका छन् । होटेल, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूह ओरालो लागेका हुन् भने बाँकी ९ उपसमूह बढेका छन् ।

२ सय १८ कम्पनीको कारोबार भएकोमा ९७ कम्पनीको शेयरमुल्य बढेको छ भने ६७ कम्पनीको शेयरमुल्य घटेको छ र बाँकी १६ कम्पनीको शेयर स्थिर रहेको हो ।

आज १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७४ हजार २०८ पटक खरिद बिक्री हुदाँ ७ अर्ब २५ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !