११ बैशाख २०८१, मंगलवार

पर्सामा बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा एक जना पक्राउ



 

वीरगञ्ज । पर्सामा १० वर्षकी बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

माघ २५ गते बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ छपकैयाका ४५ वर्षका भुनेश राउत कुर्मी पक्राउ परेका हुन् ।

मुलुकी अपराध संहिता २०७४ ले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको ठहर्ने उल्लेख गरेको छ ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा बाल यौन दुर्व्यबहार भएकोसम्म खुलेको छ’ उनले भने ‘मेडिकल जाँचका लागि बालिकालाई नारायणी अस्पताल पठाएका छौं, रिपोर्टको आधारमा कारबाही प्रक्रिया अघि बढ्छ ।’



प्रतिक्रिया दिनुहोस !