२२ बैशाख २०८१, शनिबार

नयाँ सरकार गठन गर्न प्रचण्डको बढ्यो सक्रियता



 

काठमाडौं। सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने सार्वजनिक रुपमा बताएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको रानीतिक सक्रियता बढेको छ।

आफूलाई सरकारलाई दिएको समर्थन फिर्ता नदिन दबाव आएको र आफूले दाह्रा किटेर समर्थन जारी रहेको बताएको केही दिनपपछि मंगलबार प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए।

देउवा र प्रचण्डबीच झण्डै ३० मिनेट कुराकानी भएको थियो। सो भेटमा प्रचण्डले देउवालाई सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको थियो। देउवा निकट स्रोतका अनुसार प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गर्दै सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा छलफल भएको थियो।

यद्यपी वर्तमान सरकारको विकल्प खोज्ने विषयमा देउवाले प्रचण्डलाई स्पष्ट जवाफ नदिएको स्रोतले जनाएको छ। देउवाले अहिले कांग्रेसको प्राथमिकतामा सरकार नरहेको र कांग्रेसले सरकारको नेतृत्व गर्ने परिपक्व समय नभइसकेको जवाफ दिएका थिए।

देउवालाई भेटे लगत्तै प्रचण्ड जनता समाजवादीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेट भट्टराई निवास टोखा पुगेका थिए। उनीहरुले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ।

 



प्रतिक्रिया दिनुहोस !