२० बैशाख २०८१, बिहीबार

देउवा र प्रचण्डबीच आधा घण्टा भेटवार्ता, के भयो कुराकानी ?



 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

मंगलबार दिउँसो तीन बजेतिर देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए । उनीहरुबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो ।

आजको भेटवार्ता समसामयिक विषयमा कुराकानी भयो । खास प्रस्ताव केही रहेनछ । देउवाका स्वकीय सचिव भानु देउवा अनुसार पहिला सरकारबाट समर्थन फिर्ता लिन देउवाले प्रचण्डलाई सुझाएका थिए । प्रचण्डसँगको भेटमा देउवाले भनेका थिए , पहिला समर्थन फिर्ता लिनुहोस् । त्यसपछि बल्ल नयाँ सरकार गठनबारे प्रक्रिया सुरु हुन्छ ।

भेटमा प्रचण्डले समर्थन फिर्ता लिने भन्दा पनि अविश्वासको प्रस्ताव दर्ता गराउने कुरामा जोड दिएका थिए । यद्यपि प्रचण्डले समर्थन फिर्ता लिने कुरामा कुनै समस्या नरहेको बताएका थिए । केपी ओली सरकारलाई समर्थन दिराख्न मलाई कुनै रहर होइन । प्रतिगमनविरुद्ध आन्दोलित भएका दलहरुबीच न्युनतम सहमति भएपछि भोलि नै समर्थन फिर्ता लिन सकिन्छ,प्रचण्डको भनाइ थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !