१ जेष्ठ २०८१, मंगलवार

दोहोरो अंकले बढ्यो आज नेप्से परिसूचक



 

काठमाडौं । सोमबार ५ अंकले घटेको सेयर बजार मंगलबार भने दोहारो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १९ अंकले बढेर ४५६ दशमलव १० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा मंगलबार वृद्धि भएको छ ।

कारोबार रकम ६ अर्ब नाघेको छ । सोमबार ४ अर्ब ४१ करोड हाराहारीमा मात्रै सेयर कारोबार भएको थियो । दिनभर भएका ६८ हजार ६ सय ४५ कारोबारबाट २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४ सय ९८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने घटेर रातो देखिएको छ भने बाँकी सबै समूहहरु बढेर हरियाली छाएका छन् ।

मंगलबार धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स पहिलो नम्बरमा देखिएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १०३ रुपैयाँले बढेको छ । यसैगरी धेरै कमाउनेमा सगरसानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, अजोड इन्स्यारेन्स कम्पनी लगायत कारोबार रकमका आधारमा अग्रस्थानमा देखिएका छन् । यी कम्पनीहरुको ९ प्रतिशत भन्दा धेरैले सेयर मूल्य बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस !