२३ बैशाख २०८१, आईतवार

अन्तरपार्टी निर्देशिका जारी गर्दै कार्यकर्तालाई ओलीले दिए निर्देशन(पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्तालाई जुनसुकै बेला निर्वाचनमा जान तयार रहन निर्देशन दिएका छन् ।

चैत १३ गते जारी अन्तरपार्टी निर्देशनमा अध्यक्ष ओलीले जुनसुकै बेला निर्वाचनमा जान तयार रहनेगरी क्रियाशील हुन निर्देशन दिएका हुन् ।

अन्तरपार्टी निर्देशनमा ओलीले भनेका छन्, ‘संसदको पहिलो बैठकको परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको छ ।’

अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि आफूहरुको प्रयास केन्द्रित हुने तर सबै विषय आफ्नो इच्छा वा निर्णयमा मात्र निर्भर नहुने पनि ओलीले प्रस्ट पारेका छन् ।

‘सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्ने र जनुसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ,’ निर्देशनमा भनिएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया दिनुहोस !