२३ बैशाख २०८१, आईतवार

नेकपा एकता भंग गर्ने सर्वोच्चको फैसलाविरूद्ध आज पुनरावलोकनमा जाँदै माओवादी केन्द्र



काठमाडौं । नेकपाको एकतालाई भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरूद्ध माओवादी केन्द्र आज पुनरावलोकनमा जाने भएको छ ।

लीलामणि पोखरेलका अनुसार नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जान लागेको छन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा कानुन व्यवसायीहरूसँग छलफल र पार्टीको निर्णायानुसार पुनरावलोकनका लागि जान लागिएको पोखरेलले बताए ।

पुनरावलोकनका लागि बरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमण श्रेष्ठ लगायतले निवेदन तयार पारिसकेका छन् ।

नेकपा पार्टीको नाम आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले निर्वाचन आयोग र साबिक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई दायर गरेको रिटमा सर्वोच्च अदालले कट्टेलकै पक्षमा फैसला गरेको थियो ।

अदालतले फागुन २३ गते नेकपा कट्टेलको हुने ठहर गर्दै ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ(आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन आदेश दिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !