५ जेष्ठ २०८१, शनिबार

वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही, पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन



काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

दुवै नेतालाई पार्टीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

नेपाल, रावलसहित नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भूसाललाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।



प्रतिक्रिया दिनुहोस !