आज तेस्रो घण्टा ओरालो लाग्यो नेप्से, कारोबार रकम भने ३ अर्ब माथि
काठमाडौं । कारोबारको पहिलो दिन (सोमबार)नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको तीन घण्टाको अवधीमा आइपुग्दाँ ओरालो लागेको छ ।
दुई बजेसम्म आइपुग्दाँ परिसुचक २.८७ अंकले ओरालो लागेर २५४६.०९ को बिन्दुमा पुगेको छ । परिसुचक तीन घण्टाको अवधीसम्म आउँदा ०.११ प्रतिशतले ओरालो लागेको हो ।
यस्तै कारोबारमा आएका २०५ कम्पनीको ६४ लाख ५३ हजार ३५९ कित्ता शेयर ४६ हजार ३६८ पटक खरिद बिक्री हुदाँ ३ अर्ब १० करोड १८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।