१ जेष्ठ २०८१, मंगलवार

मध्य भोटेकोशीले १ करोड ५० लाख कित्ता आइपीओ निष्काशन गर्दै



 

काठमाडौं । मध्य भोटेकोशी जलविधुत कम्पनीले कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको छ ।

शेयर जारी गर्न २०७६ माघ १० गते निवेदन दर्ता गराएको कम्पनीको आईपीओ स्वीकृत हुने अन्तिम चरणमा रहेको छ । सो जलविधुत कम्पनिको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले यसअघि सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता शेयर बिक्री गरिसकेको छ ।

मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ । व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो । संशोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएपनि अझै सकिएको छैन। आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण लगानी गरेको छ ।

आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एकरएक प्रतिशत संस्थापक सेयर रहने छ ।

सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत शेयर दिइनेछ ।

 



प्रतिक्रिया दिनुहोस !