२९ बैशाख २०८१, शनिबार

आज २०७७ चैत १६ गते सोमवारको राशिफल



आज २०७७ चैत १६ गते सोमवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । शुभ समाचार सुन्न पाईएला ।

मिथुन

आज आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ । प्रेमीको सहयोग पाइनेछ ।

सिंह

आज चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय होलान् । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला

आज वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

धनु

कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर एक्लैले विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला ।

कुम्भ

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आँटेको कार्यमा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

बृष

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कर्कट

आज भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला । अतिथिको रूपमा सत्कार पाइएला ।

कन्या

पारिवार संग रमाइलो भेटघाट रहला । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

बृश्चिक

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,तर खानपिनमा ध्यानदिनुहोला । शुभारम्भको चर्चा चल्नेछ ।

मकर

सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा गर्नुपर्नेछ ।

मीन

आज कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची पनि बढ्नेछ । आफन्तसङ्ग भेटघाट हुने र सहयोग पाईनेछ ।

 



प्रतिक्रिया दिनुहोस !