५ जेष्ठ २०८१, शनिबार

सूर्य थापा र योगेश भट्टराई बिच कटाक्षः बेकारकासँगको बादविबादले समय बर्बाद र दिमाग खराब खराब मात्रा हो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विवाद चर्किरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षले अझै ठोस निर्णय लिन सकिराखेको छैन ।

शुक्रबार संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा नेपाल पक्षीय नेता योगेश भट्टराईले पार्टी एकतालाई कायम राख्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पहलकदमी लिन आग्रह गरेका थिए ।

उनको त्यस अभिव्यक्तिपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा सामाजिक सञ्जालमार्फत नेता भट्टराईमाथि नै खनिए । नेकपा एमाले विभाजन गर्न नेपालहरु लागिपरेको भन्दै उनीहरुलाई ६ महिना पार्टीबाट निष्काशन गर्नुपर्ने थापाले धारणा राखे ।

सूर्य थापाको सो ट्विटपछि नेता योगेश भट्टराईले प्रधानमन्त्रीका सल्लाहकार थापालाई कटाक्ष गर्दै बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुने नत्र समयको बर्बाद र दिमाग खराब मात्र हुने बताएका छन् ।

नेता योगेश भट्टराईले यस्तो ट्विट गरेका छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !