२ जेष्ठ २०८१, बुधबार

किन एकाएक प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे सभामुख सापकोटा ?



काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको जनाएको छ ।

सभामुखले प्रधानमन्त्रीलाई भेट्नको लागि आफूले समय मागेको यसअघि पनि बताएका थिए । समय मागेको तीन दिनपछि सभामुखले प्रधानमन्त्री ओलीलाई आज भेटेका हुन् । पछिल्लो समय सरकारले संसदलाई विजनेश नदिएको भनेर सांसदहरुले समेत आलोचना गरिरहेको बेला आज प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता भएको हो ।



प्रतिक्रिया दिनुहोस !