२९ बैशाख २०८१, शनिबार

कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीहरुको लागि परीक्षा तालिका सार्वजनिक



काठमाडौं । कोभिड १९ सङ्क्रमित भएर कक्षा १२ को परीक्षाबाट बञ्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धित विद्यालयमै सञ्चालन हुने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

यसपटकको परीक्षामा सहभागी नहुनेहरूका लागि फेरी अर्को परीक्षाको व्यवस्था नगरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोनाका कारण स्थगित परीक्षा गत महिनाको १५ गतेबाट सञ्चालन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !