४ मंसिर २०८१, मंगलवार

पागल !



सुसान्त शिवाकोटी

      यो सहरको ब्यस्तता, भिडभाड, कान नै थर्कमान गराउने चर्को आवाजहरु, बत्तिका उज्याला किरणहरु र रंगिन सहरिया जिवन – यसले  धेरै मानिसहरु  लाई मोहित पार्ने गर्दछ। तथापि म यो ब्यस्त सहरमा एक्लो र पिडादायि महसुस गरिरहेको छु। टाढा – टाढाको रेल तथा गाडी को आवाज सुन्न सक्ने म छेवैमा बसेको मान्छेले बोलाउदा सुन्न छाडेको छु। यो रंगिन रातहरु  कहिल्यै नब्युझने हुन कि झै लाग्छ। चस्मा लगाउदा पनि आखै पोल्ने सहरको झिलिमिली लाई अन्धकारले ढाकेको जस्तो भान भईरहेको छ। महसुस हुन्छ, त केबल कृतिम प्रकाशका किरणहरुको ताप मात्र। सधै देखिरहने अनुहारहरु पनि कुनै नौलो ग्रहबाट आएका जिब झै लाग्न थालेको छ।  लाग्छ मेरो वरपर रहेका हरेक सजिब तथा निर्जिब बस्तुहरुले मलाई गिज्याइरहेका छन। मानौ तिनिहरुले पहिलो पटक आफैमा हराएको मान्छे देखेका छन जो एक मुठ्ठि साहस जम्मा गरि ति तमाम बस्तुहरु सग नजर जुधाएर तिनिहरुलाई गलत साबित गर्न सक्दैन। यो यथार्थपरक छ कि म अर्थहिन भएको छु। लक्ष्यहिन भएको छु।

हो मलाई सबैले पागल भनि सम्बोधन गर्दछन ।

 तर म एक सुनौलो आशाको किरणको पर्खाईमा छु – जसलाई मैले बन्द आखाले पनि महसुस गर्न सक्नेछु । जसको कारणले आफैमा हराउने म यो ब्यस्त सहरमा हराउन थाल्नेछु। ति आखाँ नै पोल्ने चम्किला किरण, असह्य ध्वनि – सारा प्यारो लाग्न थाल्ने छ। औसिको रातपनि उज्यालो र संगितमय लाग्नेछ्। मेरो स्वागत को लागि फुलहरु मुस्कुराई रहेका र चराहरु गित गाईरहेका हुनेछन। यि सारा परिबर्तन भन्दा माथि म आफैलाई मुस्कुराइरहेको पाउनेछु।

अनि फेरि मलाई गिज्याउने तिनै बस्तुहरुले भन्नेछन, ‘यस्तो कोलाहलमा पनि खुशि भएको – कस्तो पागल रहेछ!’



प्रतिक्रिया दिनुहोस !