४ जेष्ठ २०८१, शुक्रबार

सूर्य थापा भन्छन्, कम्तीमा ६ महिना नेपाल र रावललाई पार्टीबाट निलम्बन गर्नुपर्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कम्तीमा ६ महिना पार्टीबाट निलम्बन गर्नुपर्ने बताएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले नेता नेपाल र रावललाई ६–६ महिना निलम्बन गरेर पार्टीको शुद्धीकरण अभियान बढाउनुको विकल्प नभएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै थापाले अध्यक्ष ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०औँ, ११औँ र १२औँ बैठकप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, समानान्तर गतिविधि गर्ने र बार्गेनिङ गर्ने जस्ता कार्यहरु अब मान्य र स्वीकार्य नहुनेसमेत बताएका छन् ।

https://www.facebook.com/surya.thapa.754918/posts/3862059403886535



प्रतिक्रिया दिनुहोस !