४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



 

काठमाडौं । प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले शपथ खुवाएका हुन् ।

शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आङ्बुहाङले एमाले छोडेर एमालेमा आएका माओवादी केन्द्रका सांसद हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा पनि उनले मुख्यमन्त्रीलाई साथ दिएका थिए । यस्तै, उषाकला एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट संस्थापन पक्षमा आएकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस !