२ जेष्ठ २०८१, बुधबार

मोबाइल चार्ज गर्ने क्रममा लाइन सट हुँदा आगलागी



काठमाडौं । काठमाडौंको राधाकृष्ण मन्दिरनजिक रानीवनमा मोबाइल चार्ज गर्ने क्रममा ‘लाइन सट’ हुँदा एक घरमा आगलागी भएको छ । नागार्जुन नगरपालिका-१ तुफान चोकको तीन तले घरमा आगलागी भएको हो ।

आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किंदा आगो बलिरहेको देखेर पानी हाल्दा झन् बलेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी परिसरको टोली घटनास्थल पुगेको थियो ।

आगो दमकलको सहयोगमा निभाइएको छ । घटनामा मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !