५ जेष्ठ २०८१, शनिबार

आज थप १२० जनामा कोरोना पुष्टि, ८५ संक्रमित निको



 

काठमाडौं । आज पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ७२ हजार २७२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ८५ संक्रमित निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ पुगेको मन्त्रालयले जनाएको छ ।

बिहीवारको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले मृत्यु हुने संक्रमितको संख्या ३ हजार २० रहेको छ ।



प्रतिक्रिया दिनुहोस !