९ मंसिर २०८१, आईतवार

साताको अन्तिम कारोबार दोहोरो अंकले घट्यो सेयर बजार



 

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावगट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने बुधबार भन्दा बढेको छ ।

समग्रमा बजार घटे पनि नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार, होटल तथा पर्यटन र लगानी समूहको सव इन्डेक्स भने बढेको छ । बिहीबार धेरै बढ्नेको शिर्ष स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड देखिएको छ । यसको सेयर मूल्य बिहीबार १० प्रतिशतले बढेर २ हजार ७९ रुपैयाँ पुगेको छ ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव २९ अंकले घटेर २ हजार ५ सय ४८ दशमलव ९७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेसक्स पनि ५ दशमलव ५७ अंकले घटेको छ ।

दिनभर भएका ७२ हजार ३३४ कारोबारबाट २०८ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३५७ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !