२७ बैशाख २०८१, बिहीबार

ज्योति लाइफको आईपीओ बाँडफाँड भोलि, कतिको हात खाली ?



 

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आईपीओ भोलि बाँडफाँड गरिने जनाएको छ।

कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४९६ आवेदकबाट तीन करोड ८४ लाख ८६ हजार २२० कित्ता सेयर माग गर्दै आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

सर्वसाधारणको लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजार आवेदकले पाउनेछन् । बाँकी रहेका करिब साढे १२ लाख आवेदकको भने हात खाली हुनेछ ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !