२९ बैशाख २०८१, शनिबार

आज २०७७ चैत्र १२ गते बिहिवारको राशिफल



आज २०७७ चैत्र १२ गते बिहिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज आकस्मिक धन लाभ हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

मिथुन

नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मणीय र सुखद् यात्राको योग पनि छ । दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ ।

सिंह

खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला ।

तुला

आज पारिवारिक सहयोग मिल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।

धनु

आज बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु उचित होला ।

कुम्भ

आफन्त संग रमणीय र सुखद् यात्राको योग छ । तिर्थाटनको योग पनि रहेको छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

बृष

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाईनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ ।

कर्कट

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ कार्यको थालनी हुनसक्छ ।

कन्या

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । शुभ समाचार सुन्न पाइनेछ ।

बृश्चिक

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

मकर

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन

अनज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । शेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ ।



प्रतिक्रिया दिनुहोस !