५ जेष्ठ २०८१, शनिबार

कोरोनाको जोखिम बढेको भन्दै घरमै बसेर होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै बसेर मनाउन आग्रह गरेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले पछिल्लो केही दिनमा कोरोना संक्रमणको संख्या बढ्दै गएकोले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेका हुन् । साथै सरकारले कोरोना संक्रमितको संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छन् ।

 



प्रतिक्रिया दिनुहोस !