२ जेष्ठ २०८१, बुधबार

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सात दिनभित्र फिर्ता लिन एमालेको निर्देशन



काठमाडौं । नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले हस्ताक्षर गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपनि एमालेका सांसदहरूले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका छैनन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस !