४ जेष्ठ २०८१, शुक्रबार

धुम्बाराहीबाट थापाथली सर्दै नेकपा एमालेको पार्टी



काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सार्ने तयारी भएको जनाएको छ ।

कार्यालय सार्नका लागि घरधनी र पार्टीबीच सम्झौता हुन लागेको छ । कार्यालय सार्ने तयारी भइरहेको भए पनि सम्झौता भने भइ नसकेको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी लिदएका छन्।

चक्रपथ विस्तारको समस्या र सामाजिक संस्थाको भवन भएका कारण कार्यालय सार्ने तयारी पहिलादेखि नै भइरहेको रिजालले बताए ।

०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय क्षतिग्रस्त भएपछि यति समूहको पासाङ ल्हामु प्रतिष्ठानको भवन धुम्बाराहीमा सरेको थियो ।



प्रतिक्रिया दिनुहोस !