२१ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर ५०० जनामा कोरोना संक्रमण, ३ को मृत्यु, ८४० डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५०० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। थपिएका नयाँ संक्रमितमा २१३ जना महिला र २८७ जना पुरुष रहेका छन्।

थपिएका नयाँ संक्रमित सहित कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ। ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गराउँदा ५०० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै शनिबार ८४० जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४९ हजार १३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ७४९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको मन्त्रालयले जनाएको छ। शनिबार मात्र कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ।



प्रतिक्रिया दिनुहोस !