४ जेष्ठ २०८१, शुक्रबार

फागुन २३ गते कोरोनाविरुद्ध खोप लगाएका व्यक्तिमा पनि देखियो



 

काठमाडौं । फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरसको भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालको चिकित्सले जनाएका छन् ।

चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए ।

‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’

सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १र२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !