३० बैशाख २०८१, आईतवार

प्रतिनिधिसभा बैठक शुरू, महत्वपुर्ण विषयमा छलफल हुदै



 

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक शुरू भएको छ ।

आजको बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिकएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ।

यस्तै‚ न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६-७७ र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि प्रतिनिधिसभाका बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन्।

 

 



प्रतिक्रिया दिनुहोस !