१ जेष्ठ २०८१, मंगलवार

सरकारसँग वार्ता गर्न भन्दै जसपा नेताहरु पुगे बालुवाटार



 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु सरकारसँग वार्ता गर्न भन्दै बालुवाटार पुगेका छन् ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । त्यसका लागि दुबै पक्षबीच निरन्तर सम्वाद भएपनि अहिलेसम्म पनि सहमति हुन सकेको छैन ।

 



प्रतिक्रिया दिनुहोस !