१९ बैशाख २०८१, बुधबार

उखु किसानलाई श्रीराम सुगर मिलले शुक्रबारदेखि भुक्तानी दिने



काठमाडौं । सुगर मिलहरुले उखु किसानले भुक्तानी नदिएको भन्दै आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिलले यही पुस ३ गतेदेखि भुक्तानी दिन सुरु गर्ने भएको छ ।

उद्योगले आफूले भुक्तानी दिन बाँकी रहेको रकम पनि सार्वजनिक गरेको छ । मिलले जारी गरेको विज्ञप्तिमा गएको आर्थिक वर्षमा खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । उद्योगले त्यस भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !