५ जेष्ठ २०८१, शनिबार

किन एकाएक प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव ?



 

काठमाडौं । प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव आज बालुवाटार पुगेका छन् ।

विभिन्न जिल्लाको भ्रमण सकेर आइतबार काठमाडौं आइपुगेका नेत्र विक्रम चन्द विप्लवले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव सोमबार बालुवाटार पुगेका हुन्।

विप्लवले प्रधानमन्त्रीसँग भएका सम्झौताहरूको कार्यान्वयन पक्षका बारेमा छलफल गरेका थिए। विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो।

सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

 



प्रतिक्रिया दिनुहोस !